तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नम्बर पाँचमा तीन हजार ७ सय ८१ जनामा कोरोना संक्रमण


पाल्पा– प्रदेश नम्बर पाँचमा हाल सम्म तीन हजार ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एक हजार ७ सय ३६ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने एघार जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन ।

प्रदेश नम्बर पाँचको कपिलबस्तु जिल्लामा सबै भन्दा बढी ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । दाङ्गमा ५ सय ८७,पाल्पामा ५ सय १५,बाँकेमा ३ सय ६७,रुपन्देहीमा ३ सय ८ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरि गुल्मीमा संक्रमितको संख्या ३ सय ३२ पुगेको छ ।

प्रदेश नम्बर पाँचकै अर्घाखाँचीमा ३ सय १९,प्युठानमा ३ सय ४, बर्दियामा १ सय ७६, नवलपरासीमा ८५,रोल्पामा ४८ र रुकुम पश्चिममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नम्बर पाँच स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button