तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका चार जिल्लामा ३२ संक्रमित थपिए

पर्वत । गण्डकी प्रदेशका चार जिल्लामा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान ६ः ३० बजे एक प्रेश विज्ञप्ती प्रकाशित गरि नवलपुरमा १९, तनहुँमा ९, पर्वतमा ३ र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरको कावासोती नगरपालिकाका ११ जना पुरुष र तीन जना महिला, मध्यबिन्दु नगरपालिकाका ४ जना पुरुष र एक महिला संक्रमित भएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना र भिमाद नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्वतको बिहादी गाउँपालिका, फलेवास नगरपालिका र पैयुँ गाउँपालिकाका एक÷एक जना पुरुष र बागलुङको जैमिनी नगरपालिकाका १ जना पुरुष संक्रमित भएका छन् । भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमित सबै १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको पायक पर्ने आईसोलेसनमा ल्याउने तयारी शुरु भएको शर्माले बताउनुभयो । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button