तपाईँ सुन्दै हुनुहुन्छः

गण्डक अस्पतालबाट ११ जना कारोना संक्रमित डिस्चार्ज

बीरगंज । नारायणी अस्पताल वीरगंजको अस्थायी कोभिड गण्डक अस्पतालबाट आज डेढ बर्ष र ३ बर्षका २ बालक सहित ११ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन ।

वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा स्थापित गण्डक अस्पतालबाट पर्सा सखुवाप्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला कोरोना संक्रमण निको भई आज घर फर्किएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

तीनै जना आमा छोरालाई गत जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो ।

वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनुभयो । संक्रमण पुष्टि भएसँगै गण्डक अस्पतालको आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको डा.उपाध्यायले बताउनुभयो ।

त्यसैगरी डिस्चार्ज हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीया एक जना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष रहेका छन् ।

११ जना डिस्चार्ज भएसँगै अब वीरगंजको गण्डक कोभिड अस्पताललको आईसुलेशनमा ६ जना महिलासहित ३२ जना संक्रमितको उपचार भई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button