तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउनसुगर सहित ३ जना पक्राउ


झापा । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली, सोही स्थानका २३ बर्षीय अन्नतप्रसाद गणेश र कमल–५ का २० बर्षीय दिपेश थापा रहेका छन् । उनीहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा आएका तीनैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरो हेरोइन ब्राउनसुगर फेला परेको थियो । उनीहरुको साथबाट नगद ६ हजार रुपैयाँ, २ थाबन मोबाइल र दुई वटा पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button