तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाका व्यापारीमा पनि कोरोना देखियो, अहिलेसम्म समुदायका ४ जनामा कोरोना सक्रमित

स्याङ्जा । स्याङ्जाका व्यापारीमा पनि कोरोना सक्रमण पुष्टी भएको छ । आँधीखोला गाउँपालिका १ को पञ्चमुलमा व्यापार गर्दै आएका पुरुषमा कोरोना देखिएको हो ।

अर्जुनचौपारी गाउँपालिका ४ घर भएका एक पुरुष आँधीखोला गाउँपालिका १ को पञ्चमुलमा पसल सञ्चालन गर्दै आएका थिए । ६ गते सामान्य ज्वारो आएपछि पालिकाकै प्राथामिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँचको लागी गएका र त्यसपछि एम्बुलेन्समा फेवासिटि अस्पताल पोखरामा गएको पाईएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । फेवासिटिले स्वाब लिएर परिक्षणको लागी पठाएकोमा पोजेटिभ आएको हो । अहिले स्वास्थ्यको टोलीले कन्ट्याक्ट टे«सिङका काम शुरु गरेको छ ।

अर्जुनचौपारी घर भएकाले उनी घरमा समेत आउजाउ गरेको हुनसक्ने र उनको सम्पर्कमा आएका व्यक्तिहरुको लागी आफन्तलाई सोधखोज गर्ने प्रक्रिया चलिरहेको छ । सक्रमित अहिले पोखरा गण्डकी अस्पतालको आईशोलेसनमा उपचारत हुनुहुन्छ । सक्रमितको अहिले भेन्टिलेटरमा रहेकाले उहाँसंग कुराकानी गर्ने अवस्था नरहेकाले उहाँको आफन्तसंग सोधखोज भईरहेको हो । सक्रमित व्यक्ति दमको समेत रोगी रहेको बताईएको छ । सक्रमित जाँचको लागी गएको पालिकाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अहिले अलग्गै बसेका छन् ।

त्यस्तै आईतबार मात्रै यहाँको चापाकोट नगरपालिकाका एम्बुलेन्स चालकमा समेत कोरोना पुष्टी भएपछि अहिले उनी पुगेका अस्पताल, नगरपालिका र उनको घरपरिवार तथा छिमेकीको सोधखोज भईरहेको छ ।

समुदायस्तरमा कोरोना देखिएसंगै सम्बन्धीत पालिकाले अत्यवश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । यहाँको अर्जुनचौपारी र आँधीखोला गाउँपालिका, चापाकोट नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत अत्यवश्यक बाहेक घर बाहिर ननिस्कन, हिँडडुल नगर्न अनुरोध गरेको छ । जिल्लामा अहिलेसम्म भारतबाट नआएका यहीँ रहेका ४ व्यक्तिमा पनि कोरोना पुष्टी भईसकेको छ । यसअघि गल्याङ क्वारेन्टाईन सफा गर्ने दम्पत्तिमा कोरोना देखिएको थियो भने आईतबार एम्बुलेन्स चालक र सोमबार एक व्यापारीमा कोरोना देखिएको हो ।

एम्बुलेन्स चालक विरामीलाई लिएर हिड्ने भएकाले कोरोना सरेको हुन सक्ने भएपनि सोमबार पुष्टी भएका व्यापारीमा कसरी स¥यो भन्ने स्रोत पत्ता लगाउन हाल कठिन भएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रिले कोरोना समुदायस्तरमा समेत फैलिसकेकोले थप सतर्क रहन जिल्ला बासीलाई अनुरोध गर्नुभएको छ ।

पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाएसंगे चलहपलह शुरु भएका बजारमा मास्कको प्रयोग कमै देखिएको प्रजिअ क्षेत्रिले बताउनुभयो । बजारका व्यापारीले समेत मास्कको प्रयोग गरेको नदेखिएको उहाँले बताउनुभयो । पछिल्लो समय आम मानिसले सर्तकता कम अपनाएकै कारण समुदायस्तरमा कोरोना प्रवेश गरेको बताईएको छ । जिल्लामा कोरोनाबाट अहिलेसम्म ९८ जना सक्रमित भईरहेको छन् भने एक जनाको निधन भईसकेको छ । ८ जना निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button