तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले संसद्मा सांसदहरुले उठाएका विषयमा भइरहेका कामबारे सम्बन्धित सांसदले जानकारी पाउने व्यवस्था गर्न सदनको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले संसद्मा विशेष तथा शून्य समयमा सांसदहरुले जनताको तत्कालको समस्या र भोगिरहेका विषयहरू उठाउने गरेको भए पनि त्यसको सुनुवाइ नहुने गरेको भन्दै त्यस विषयमा के भइरहेको छ भनेर सरकारले जवाफ दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद जितेन्द्र नारायण देवले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा सरकार र सत्तापक्ष दलले एकलौटी निर्णय गरी देशलाई मुठभेड तर्फ लैजान थालेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले अदूरदर्शी र अपरिपक्व निर्णय गरेको भन्दै त्यसलाई सच्याउन माग समेत गर्नुभयो ।

मृगेन्द्रकुमार सिंह यादवले अङ्गीकृत नागरिकताका विषयमा सरकारले दुई तिहाइको दम्भ देखाउन खोजेको आरोप लगाउनुभयो ।

सांसद शेखर कुमार सिंहले वर्षा याम सुरु भइसकेकाले दुई नम्बर प्रदेशका खोलानालामा तटबन्ध गर्ने काम अहिलेसम्म हुन नसकेको भन्दै राजविराजमा औद्योगिक क्षेत्रमा बाढीको सम्भावना रहेकाले त्यसको समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button