तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश : सोमबार विहानै थप २० जनामा कोरोना संक्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले स्याङ्जामा थप १२ जना र नवलपरासी पूर्वमा थप ८ जना कोरोना संक्रमित थप भएको जानकारी दिएको छ ।

आज बिहान एक प्रेश विज्ञप्ती प्रकाशित गर्दैैै निर्देशनालयले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ७ वर्षका तीन जना बालक सहित ३०, ३१, १६, ३८ र ३० वर्षका पुरुष, ६ वर्षिया एक बालिका र ५० वर्षिय महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुषमा पनि संक्रमण भएको छ ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकाका २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्षका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैजना संक्रमित भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेण्टाईनमा रहेको र उनीहरुलाई आईसोलेसनमा ल्याउने काम शुरु भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा यो संगै संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button