तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता विधेयक बहुमतबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

समितिको आजको बैठकले लामो समयदेखि सहमति हुन नसकेको नागरिकता विधेयक बहुमतले पारित गरेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिनुुभयो ।

समितिले पारित गरेको नागरिका विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान रहेको छ ।

यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भएलगत्तै नागरिकता प्राप्त गर्ने व्यवस्था भएकोमा आजको बैठकको बहुुमतले नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबस गरेको हुनुपर्ने व्यवस्था थप गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button