तपाईँ सुन्दै हुनुहुन्छः

अछामका ११ जना कोरोना निको भई घर फर्किए

अछाम । अछाम जिल्लाका ११ जना कोरोना भाइरसबाट छुटकारा पाई घर फर्केका छन् ।

अछाम जिल्लामा सङ्क्रमण भई उपचार गराई रहेका नौ जना र धनगढीमा उपचार गराई रहेका दुई जना गरी ११ जना कोरोना सङ्क्रमण मुक्त भएका हुन् ।

११ वर्ष देखि ४७ वर्षसम्मका व्यक्तिले कोरोना जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

पछिल्लो समय चौर पाटी गाउँपालिका वडा नम्बर २ सोकटका ३२ वर्षीय युवक र मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटका २७ वर्षीया महिलाको लगातार रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

जिल्लाका हालसम्म ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा दुई बर्षिया बालिका देखि ५२ वर्ष सम्मका व्यक्तिमा सङ्क्रमण देखिएको हो ।

अछाम जिल्लामा ५७ जना र दुई जना धनगढी तथा एक जना गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अछाममा हालसम्म एक हजार सात सय ५६ जनाको स्वाँव सङ्कलन गरिएको छ । सात सय ५४ जनाको रिपोर्ट आएकोमा ५५ जना पोजेटिभ देखिएका छन् । अझै एक हजार दुई जनाको रिर्पाट आउन बाँकी रहेको छ ।

यस्तै सात हजार आठ जनाको आरडिटिबाट परीक्षण गरिएकोमा पाँच सय ४३ जनाको रिर्पोट पोजेटिभ आएको उहाँको भनाई रहेको छ ।

जिल्लामा करिब तीन हजार आरडिटि किट मौज्दात रहेको छ । जिल्लामा हालसम्म पाँच हजार सात सय ३० जनालाई क्वारेनटाइनमा राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button