तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

काठमाडौँ । सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता रहेको स्पष्ट गर्दै सरकारले नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको बताएको छ ।

छिमेकी मित्रराष्ट्र भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम असल छिमेकीको भावनाअनुरुप आपसी मतभिन्नता शान्तिपूर्ण माध्यमबाट समाधान हुनेमा नेपाल विश्वस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिवार साँझ जारी गरेको विज्ञप्तिमा द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति एव् स्थायित्वका पक्षमा दुवै देशले शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button