तपाईँ सुन्दै हुनुहुन्छः

सिमाक्षेत्रमा शशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना 

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरिया स्थित सिमा क्षेत्रमा सिमा सुरक्षाका लागि शशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट विओपी स्थापना गरिएको छ ।

आज शशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति (श.प्र.ना.म.नि) नगेन्द्र बहादुर थापा र रतुुवामाई नगरपालिकाका प्रमुुख रविन राइले विओपीको शुभारम्भ गर्नु भयो ।

विओपीमा सशत्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना सशत्र प्रहरी रहका छन । यो संगै मोरङ जिल्लामा ६३ किलोमिटर सिमानाकामा सात ओटा शसस्त्र प्रहरीवल वोर्डर आउट पोष्ट संचालनमा आएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button