तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस परीक्षणको क्षमता विस्तार गरिने

रासस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले यही असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरिने बताउनुभएको छ ।

आज पत्रकारहरुसँग कुरा गर्नुुहुुँदै मन्त्री ढकालले सङ्क्रमितको सङ्ख्या क्रमशः बढेकाले विज्ञहरुको परामर्शमा ‘होम आइसोलेशन’का लागि मन्त्रिपरिषद्बाट स्वीकृत गराई मार्गदर्शन जारी गर्ने तयारी भइरहेको जानकारी दिनुुहुँदै कोरोना महामारीलाई जित्न युद्धकै शैलीमा समन्वयात्मक रुपमा काम भइरहेको बताउनुुभयो ।

उहाँले स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियमकानूनअनुसार नै भएकाले कुनै अनियमिता नभएको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button