तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा तेजपातलाई पकेट क्षेत्रको रुपमा विस्तार गरिने

तनहुँ । तनहुँमा तेजपात खेतीलाई पकेट क्षेत्रको रुपमा विस्तार गरिने भएको छ । गत वर्ष जिल्लामा जडीवुटी विकास कार्यक्रम र वन विभागको रकमबाट करिब ३० हेक्टर सरकारी जग्गामा तेजपातका विरुवा लगाइएको थियो ।

गत वर्ष २० लाख सहयोग गरी जिल्लाको शुक्लागण्डकी कृषि पर्यटन सहकारी संस्थाले तेजपात प्रशोधन गर्ने मेशिन खरिद गरी ल्याएको र कृषकलाई तेजपातको विरुवा वितरण गरि पकेट क्षेत्र वनाउँन लागिएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।

तेजपातको तेलबाट टुथपेष्ट र मसाज तेललगायतका औषधिजन्य वस्तु उत्पादन गर्न सकिने भएकाले तेजपातलाई प्रशोधन गरी त्यसबाट तेल निकाल्ने परीक्षण उत्पादन सम्पन्न भएको र अब व्यापारीक उत्पादनको लागि तयारी भइरहेको छ ।

तेजपात खेती विस्तारका लागि म्याग्दे गाउँपालिकामा एक लाख, शुक्लागण्डकी नगरपालिकामा एक लाख विरुवा उत्पादन गरी लगाउने कार्य भइरहेको छ ।

त्यसैगरी, बन्दिपुर गाउँपालिकामा एनजिओ नेटवर्कले डिभिजन वन कार्यालय मार्फत विरुवा लगेर सामुदायिक वनमा रोपाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button