तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा डुङ्गा दुर्घटना, कम्तीमा १० जना वेपत्ता

जाकार्ता – इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना वेपत्ता भएका बताइएको छ ।

शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् ।

डुङ्गा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताउनुभयो ।

हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौँ उद्धारकर्मीहरू घटनास्थल पुगेको र खोजीकार्य जारी रहेको प्रवक्ता लाटिफले बताउनुभयो । घटनास्थलबाट अन्य छ जनालाई सकुशल उद्धार गरिएको थियो ।

इनडोनेसियामा पूराना डुङ्गा, बदलिइरहने मौसम र भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्दछन् । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button