तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीलाई वन डढेलो नियन्त्रण सामग्री हस्तान्तरण

भक्तपुर । डिभिजन वन कार्यालय भक्तपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बिपद् व्यवस्थापन अन्तर्गत वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सामग्री महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल गुह्यश्गरी गण दुवाकोटलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र वन कार्यालयका प्रमुख प्रेम प्रसाद खनालले संयुक्त रुपमा प्रहरी परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरी र गणका प्रमुख सश्स्त्र प्रहरी उपरीक्षक बिश्वकुमार भट्टराईलाई प्रदान गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको रोहबरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रदान गरिएको सामग्रीको मुल्य कारब रु ४ लाख ५० हजार रहेको वन कार्यालयका प्रमुख खनालले जानकारी दिनुभयो ।

यसरी प्रदान गरिएका सामग्रीमा नेपाल प्रहरीका लागि फायर स्वाटर ७ थान, फायर रेक एक थान, एक्स हो एक थान, फस्ट एड किट एक थान, जम्प सुट ६ थान, ग्लोभ्स ५ जोर, हेल्मेट ६ थान, फाएर बुट ६ जोर, हेड टर्च ५ थान, सक्स ५ जोर, वाटर बोटल ५ थान, फेस माक्स ५ थान र ब्याक प्याक पम्प दुई थान रहेका छन् ।

सशस्त्र प्रहरीका लागि प्रदान गरिएका सामग्रीमा फायर स्वाटर ६ थान, फायर रेक एक थान, सोभल एक थान, फस्ट जम्प सुट ७ थान, ग्लोभ्स ५ जोर, हेल्मेट ७ थान, फायर बुट ७ जोर, हेड टर्च ५ थान, सक्स ५ जोर, वाटर बोटल ५ थान, फेस माक्स ५ थान र ब्याक प्याक पम्प दुई थान रहेका छन् ।

यसैबीच बन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रम अन्तर्गत वन्यजन्तु अपराध नियन्त्रण ईकाईको प्रशासन कार्यालयमा बसेकोे बैठकले मानव बन्यजन्तु द्धन्द्ध व्यवस्थापनका लागि गरिएको खर्च १८ लाख ५९ हजार ३ सय ५० रुपैया अनुमोदन गर्ने निर्णय गरेको छ ।

बैठकमा बन्यजन्तु उद्धार सम्बन्धी वर्ष भरीका १३ बिवरण प्रस्तुत भई स्वीकृत भएको वन कार्यालयका प्रमुख खनालले जानकारी दिनुभयो ।

बैठकमा सदर चिडियाखानका भेटेरियन डा.पर्वतजंग थापा, शिवपुरी राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन, राष्टिय प्राणी उद्यान सुर्यबिनायकका निर्देशक लालबहादुर भण्डारी, महानगरी प्रहरी बृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशी र प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button