तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा थप ४४ जनामा संक्रमण, कूल संक्रमित २ हजार ८ सय ३४

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा र केन्द्रिय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको क्रममा आज प्रदेश नम्बर २ का ४ जिल्लामा ४४ जना कोरोना संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा आज बारा जिल्लाको सिम्रौनगढका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

कोरोना संक्रमण हुनेहरुमा सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

यसैगरी, केन्द्रीय प्रयोगशाला गरिएको परिक्षणको क्रममा महोत्तरीका २४ जना सर्लाहीका ९ जना, रौतहटका ७ जना र बाराका १ जना गरी कुल थप ४४ जना लाई आज कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्याध्यले बताउनु भयो ।

यस अघि प्रदेश २ मा २ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा थप ४४ पछि संक्रमितको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button