तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ३४ पुग्यो

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा र केन्द्रीय प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा आज प्रदेश नम्बर २ का चार जिल्लामा ४४ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज बारा जिल्लाको सिम्रौनगढका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

कोरोना सङ्क्रमण हुनेहरूमा सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरू रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

यसै गरी केन्द्रीय प्रयोगशाला गरिएको परीक्षणको क्रममा महोत्तरीका २४ जना सर्लाहीका नौ जना, रौतहटका सात जना र बाराका एक जना गरी कुल थप ४४ जना मा आज कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्याय बताउनुभयो ।

यस अघि प्रदेश २ मा दुई हजार सात सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा थप ४४ जनापछि सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button