तपाईँ सुन्दै हुनुहुन्छः

तिनधारमा एकीकृत नमुना तामाङ बस्ति निर्माणको काम सुरु

मेलम्ची । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० तिनधारमा एकीकृत नमुना तामाङ बस्ति निर्माणको काम सुरु भएको छ । नमुना बस्ती निर्माणको आज नगरप्रमूख टोक बहादुर वाइबाले शिलान्यास गर्नुभएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको ५० लाख सहयोगमा ३२ वटा घर निर्माण हुनेछ । नमुना बस्ति निर्माणका लागि नगरपालिकाले पनि १० लाख रुपैयाँ सहयोग गरेको छ । नमुना बस्ति निर्माणको लागि जग्गा सम्याउने र सडक पुर्याउने काम सकिसकेको छ ।

यहि महिनाभित्र सामुदायिक भवन निर्माण भइसक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख महालक्ष्मी जोशीले जानकारी दिनुभयो । बरण्डा सहितको ४ कोठे घर निर्माण हुनेछ ।

३५ रोपनी क्षेत्रफल जमिनमा तामाङ समुदायको संस्कार र सस्कृति झल्कने घर, गुम्बा लगायतका संरचना निर्माण हुने छ । पुननिर्माण प्राधिकरण र स्थानीयको सहयोगमा नमूना तामाङ बस्ती निर्माण हुने स्थानीय राम बहादुर लामाले बताउनुभयो ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा आज ८७ जना ब्यक्ति बसिरहेका छन् । जिल्ला भर ८ सय७ वटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button