तपाईँ सुन्दै हुनुहुन्छः

निरीक्षक सहित ४ प्रहरीविरुद्ध भ्रष्टाचार मुुद्दा दायर

काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरे, रसुवाका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जना प्रहरीविरुद्ध २६ लाख ५२ हजारभन्दा माथिको भ्रष्टाचार मुुद्दा दायर गरेको छ ।

प्रहरी निरीक्षक नेपालसहित प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री र रामकाजी लामाले अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको पुष्टि भएकाले आज उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

निज तिनै जनाविरुद्ध भ्रष्टचार रकमको दोब्बर बिगो असुल उपर र जफत गर्न मागदाबी गरि मुुद्दा दायर गरिएको हो ।

आजै, अख्तियारले सिरहा जिल्ला मिर्चौया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवले साविक फूलबारी गा.वि.स. वडा नं. ७ मा बाटो भएको जग्गाहरु बिक्री गर्दा बाटो नभएको भन्ने सिफारिस गरी राजस्व छलेको पाइएकाले उनिविरुद्ध ४० हजारभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुुसार वडाध्यक्ष यादवसँग मिलेमतो गर्ने जग्गा खरिदकर्ता सुरेश कुमार महतो, रामेश्वर साह, दिप नारायण साह र सत्यनारायण प्रसाद साहविरुद्द पनि विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button