तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सांसद पटेलद्धारा एक महिनाको तलब महानगरपालिकालाई सहयोग

वीरगन्ज । प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नो एक महिनाको तलब वीरगन्ज महानगरपालिकालाई सहयोग गनुभएको छ । उहाले प्रदेश सभाबाट पाउने एक महिनाको तलब ५१ हजार रुपैया वीरगन्ज महानगरपालिकालाई प्रदान गनुभएको हो ।

कोरोना रोग नियन्त्रणको लागी परिक्षणलाई तिब्रता दिन पिसिआर मेसिन खरिद गर्नका लागीे महानगरपालिकाले आर्थिक सहयोग गर्न गरेको आहवानलाई मध्यनजर गर्दै प्रदेशसभा सदस्य रमेश प्रसाद पटेल आफ्नो एक महिनाको तलब महानगरपालिकालाई सहयोग गर्नुभएको हो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख विजय कुमार शरावगीलाई सभासदस्य पटेलले प्रदान गनुभएको ५१ हजारको चेक उनका स्वकिय सचिव शेख फिरोजले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button