तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ९ जना व्यक्तिमा कोरोना संक्रमण


जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा गएको दुई साता यताकै सवै भन्दा कम ९ जना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नयाँ संक्रमित हुनेमा ७ पुरुष र २ महिला रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थप भएका ९ जना संगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो पटक थप भएकाहरुमा सप्तरीमा १ महिला र ३ जना पुरुष, सर्लाहीमा १ महिला र ४ जना पुरुष र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही नगरपालिकाको ११ बर्षिय वालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सर्लाहीको गोडैता नगरपालिकाका १६ बर्षिय किशोर सहित २० र २३ बर्षका पुरुषहरुमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । सर्लाहीकै चकरघट्टा गाउँपालिकाकी ९ बर्षिय वालिका र १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सचिव डा. घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो पटक विभिन्न आईसोलेशनमा रहेका ५७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज पनि भएका छन् । हालसम्म प्रदेश नंं २ मा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेहरुको संख्या ७ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसै गरि पछिल्लो २४ घण्टा ८ सय ६८ जना व्यक्तिको पी सी आर गर्नका लागि स्वावको संकलन गर्ने काम भएको छ । हालसम्म प्रदेश नंं २ मा ३६ हजार १ सय ९९ जनाको स्वाव संकलन गरेकोमा अव नतिजा आउन ७ हजार ४ सय ८५ जनाको मात्र बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश नंं २ का उप निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।

आर डि टि तर्फ प्रदेश नंं २ मा १७ हजार ५ सय ४४ जनाको टेष्ट भएकोमा ९ सय जनाको पोजेटिभ आएको र बाँकीमा निगेटिभ आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button