तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत अस्पतालका ८१ जनाको स्वाव संकलन

पर्वत । पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनीहरु संग सम्पर्कमा रहेका ८१ जनाको कोरोना परिक्षण गर्न स्वाव संकलन गरिएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको स्वाव संकलन गरि पोखरा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको हो । आज बिहान संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई अलग्गै आईसोलेसनमा राखिएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । अस्पताल परिसर वरीपरिको क्षेत्रमा आवगवन पूर्ण रुपमा रोक लगाईएको डा. देवकोटाले जानकारी दिनुभयो । पर्वतको कुश्मा बजारमा दिउँसो देखि लकडाउन कडा बनाईएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

अत्यावश्यक सेवा बाहेक सबै पसल बन्द गर्न, अति आवश्यक काम नपरेसम्म घर वाहिर हिँडडुल नगर्न, बजारमा निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको रेग्मीले बताउनुभयो ।

अस्पताल परिसरका मेडिकल र अन्य खुद्रा सामानका पसलहरु बन्द गरिएको छ । कुश्मा बजार प्रबेश गर्ने नाका सहित झोलुङ्गेपुलहरुमा सुरक्षाकर्मी परिचालन गरि आवातजावत बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button