तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणको काम समयमै सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

 वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका कामलाई गुणस्तरीय रुपमा तोकिएको मिति भित्रै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनु भएको छ ।

मुख्यमन्त्री राउतले आज आफ्नो निर्वाचन क्षेत्रमा संचालित विकास निर्माणका सञ्चालित योजनाहरुको स्थलगत अवलोकन पछि आयोजित कार्यक्रममा पूर्वाधार विकास कार्यालयका डिई संजय साह सहित प्राविधिक टोली तथा उपभोक्ता समितिलाई आयोजना स्थलमा योजनाको लागत, गुणस्तर, समय खुल्ने गरी पारदर्शि ढँगले सूचना टाँस गर्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राउतले आज वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा पोखरीको सौन्दर्यकरण तथा ढलान सडक, सामुदायिक भवन, सार्वजनिक शौचालय, वीरगंज महानगरपालिको वडा नम्बर १५ , १६ , ८, ४, ५ मा निर्माण गर्न लागिएको ढलान सडक, वडा नम्बर ८ मा निर्माण गर्न लागिएको दलित छात्रावासको स्थलगत अवलोकन गर्नु भएको थियो ।

उहाँले निर्माण गर्न लागिएको लक्ष्मणवा भेडियाई भिष्वा सडक, भेडियाईमा सामुदायिक भवन, नगवामा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक आवासको समेत स्थलगत अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सिंहासन साह कलवार, रमेश यादव, विरेन्द्र यादव, पूर्वाधार विकास कार्यलयका डिई संजय साह, इन्जिनियर दिपक मिश्र, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमद लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button