तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा कोरोना जितेर घर फर्कने ५०८


सुर्खेत । कोरोना संक्रमणको उच्च जोखिम मानिए पनि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको संख्या ह्वात्तै बढेको देखाएको छ ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा बिहीबारसम्म ५०८ जना कोरोना जितेर घर फर्केको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मेहलकुना अस्पताल सुर्खेतबाट—१, कालिकोट अस्पताल कालिकोटबाट—२ जना गरि कुल ३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५०८ पुगेको हो ।

क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि डाक्टरकै सल्लाहमा घर पठाउने गरिएको छ ।

कर्णालीमा कोरोना संक्रमित १ हजार २ सय ३३ पुगेका छन् । हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button