तपाईँ सुन्दै हुनुहुन्छः

सिरहाको लहानमा एक प्रसुतीको मृत्यु


लहान । सिरहाको लहानमा एक प्रसुती महिलाको शुक्रवार मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २३ बर्षिय मौसम खातुनको ज्यान गएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । करिब एक महिना आगाडी उनि लहानमा रहेको लिल मदन पोलिक्लिनीक शल्यक्रिया गरी बच्चा जन्माएका थिए ।

शल्यक्रिया गरिएको ठाउँमा उनको दुई वटा काँटा टुटेपछी उनलाई पुनः सो पोलिक्लिनीकमा उपचारको लागी ल्याईएको थियो । ३० हजार रुपैया लिई दोस्रो पटक पुनः शल्यक्रिया गरेकोले अत्याधिक रक्तश्राव र अस्पतालको लापरबाहिका कारणले उनको मृत्यु भएको परिवारको दाबी रहेको छ ।

खातुनको मृत्यु लगत्तै सो क्लिनिकका डाक्टर डा. दिलिप साह फरार भएका छन । यता सो घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button