तपाईँ सुन्दै हुनुहुन्छः

बाँदर धपाउने उपकरणको परीक्षण


पाल्पा । पाल्पाका ग्रामिण भागमा बाँदर आतंकले कृषकका खेतबारीमा लगाएको अन्नबालीमा नोक्सान गरिदिए पछि रामपुरका जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईले तयार पारेको बाँदर धपाउने उपकरणको परीक्षण गरिएको छ ।

उपकरण रामपुर नगरपालिकाको परिसरमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र नगरपालिकाको रहोवरमा परीक्षण गरिएको हो । रामपुरमा प्लम्बिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका पाण्डे दाजुभाइले ठूलो आवाज दिएर बाँदर धपाउने उपकरणको निर्माण गरेका हुन ।

पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २.५ इन्चको पिभिसी पाईप जोडेर उपकरण तयार गरेका हुन् । पाईपलाई रेडिसरले जोडेर ४ इन्च पाईप तर्फको भाग टालेर उपकरण बनाएका हुन । सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने विश्वास लिईएको छ ।

युवा जायश्वर पाण्डेले अन्य स्थानमा पनि यस्ता सामाग्री प्रयोग भैरहेको अवस्थामा युट्युव हेरर उपकरण तयार पारिएको बताउनुभयो । उपकरण सहजै प्रयोग गर्न सकिने पड्काउँदा आकाश मै आगो निभ्ने हुनाले खतरा नरहेको बताइएको छ । क्याल्सियम कार्बाेहाईड १० ग्राम र एक विर्को पानी राखेर बनाएको घोल रासायनिक प्रतिक्रिया पश्चात ग्यासमा परिणत हुने र आगो पर्दा ठूलो आवाज दिने पाण्डेले बताउनुभयो । प्रशासनबाट अनुमति प्राप्त भएमा १ सय वटा तत्कालै तयार गरेर वितरण गर्न सकिने उहाँको भनाइ छ ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य सहित इलाका प्रहरी कार्यालय रामपुरका प्रतिनिधि र स्थानियहरुको उपस्थितिमा फड्काएर परीक्षण गरिएको थियो । नगर प्रमुख थापाले नगरको माथिल्लो भागमा बाँदर आतंकको गुनासो आईरहेको र नगरले पनि आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले प्रशासन संगको अनुमतिका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button