तपाईँ सुन्दै हुनुहुन्छः

छापा पत्रकारिता ‘डाइनोसर’ बन्दैछ : श्रेष्ठ

मेलम्ची । प्रेस काउन्सिल नेपालका कार्यवाहाक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता ‘डाइनोसर’ बन्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

आज सिन्धुपाल्चोकको चौतारामा प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले मौलाईरहेको विद्युतिय सञ्चारमाध्यमका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताउनुभएको हो । ‘अहिले युट्युवहरु यसरी फस्टाइरहेका छन्, जसले गर्दा छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको छ’ श्रेष्ठले भन्नुभयोे– ‘पत्रकारहरुले तलब पाएनन् भनेर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण छन् ।’ जसका कारण छापा माध्यमका पत्रकारहरुले आफुले ‘अपग्रेड’ गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लाग्दै गरेको कारण सञ्चार क्षेत्र समस्यामा परेको कारण अबको पत्रकारिता रगत र पसिना बगाएर गर्नुपर्ने श्रेष्ठको तर्क थियो । साहित्यिक पत्रकारिताको कुरा गर्दै उहाँले जेनतेल चलिरहेको बताउनुभयो । ‘साहित्यलाई कसैले चासो नदेखाउँदा जेनतेन चलिरहेको छ’, उहाँले भन्नुभयोे– ‘काउन्सिलले साहित्यिक पत्रकारिताको वर्गीकरण गरी केही हदसम्म सहयोग गरेका कारण अलि सहज बनेको छ ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलाले साहित्यिक पत्रकारिताको विषयमा चर्चा गरेका थिए । सिन्धुपाल्चोकमा साहित्यिक पत्रकारिता गरिरहेका केशवलोचन शर्मा, अमित घिमिरेलगायतले जिल्लाका साहित्यिक पत्रकारिताका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा दुःखी प्रकाशनले प्रेस काउन्सिल र काउन्सिलका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button