तपाईँ सुन्दै हुनुहुन्छः

भारतको अवरोध : १५ दिनदेखि काकरभिट्टा सीमामा रोकियो २२ ट्रक नेपाली उत्पादन

झापा । भारतको पश्चिम बंगाल सरकारले १५ दिनदेखि निर्यात अवरोध गर्दा नेपालबाट भारत निर्यात हुन लागेका २२ ट्रक नेपाली उत्पादन बोकेर मेची पुलमा रोकिएको छ ।

लकडाउनको समयमा समेत भारतबाट दैनिक सामान नेपाल आयात भएपनि नेपाली वस्तु निर्यात हुन भारतले अवरोध गरेको छ । जसका कारण नेपाली व्यवसायीले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ ।

नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका एक व्यवसायीका अनुसार ‘नेपालको सबै भन्सार प्रक्रिया पुरा गरेर नेपाली वस्तु भारत निकासी गर्न लाग्दा भारतले अवरोध गरे पछि १५ दिनदेखि अलपत्र अवस्थामा करोडौं मुल्यका बस्तु सडकमा छ ।’

‘भारतीय प्रहरीले भारत प्रबेश गर्न दिएकै छैन । बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोकेको छ ।’ एक व्यवसायीले भने ‘मेचीपुलबाट गाडी अगाडि जान नदिएपछि नेपाल फर्काउन पनि गाह्रो भएको छ । २२ वटा गाडी मेची पुलमा अलपत्र छन् ।’

एक भन्सार एजेन्टका अनुसार २२ ट्रक मध्ये १० वटामा अलैँची छ भने १२ वटामा चिया छ । २ वटा ट्रक भन्सार कार्यालयमा छन् । सबै गाडीका चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका अनुसार नेपाली कृषि जन्य उत्पादन निर्यात गर्न बंगालले अवरोध गरेको बताएको छ । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने ठाडो आदेश भारतीय प्रहरीलाई त्यहाँको सरकारले दिएपछि लामो समयदेखि नेपाली सामान सीमामा रोकिएका हुन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button