तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको संविधान (दोस्रो संशोधन),२०७७ नेपाल राजपत्रमा

काठमाडौँ– नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गर्नुभएको थियो । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ ।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ ।

प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button