तपाईँ सुन्दै हुनुहुन्छः

एशियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सीमित हुने एडीबी को प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंकले कोरोना भाइरसका कारण आर्थिक गतिविध प्रभावित भएकाले एशियाको आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

यसअघि एशिया क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशत कायम हुने अनुमान गरेको बैंकले प्रक्षेपण संशोधन गरेको हो ।

त्यस्तै एडीबीले दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा ३ प्रतिश हुने अनुमान गरेको छ ।

यसअघि ब्म्द्य ले अप्रिलमा ४ दशमलव १ प्रतिशतको वृद्धिदर हुने अुनमान गरेको थियो । यो वर्ष दक्षिण पूर्वी एशियामा २ दशमलव ७ र मध्य एशियामा शून्य दशमलव ५ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्ष नेपालले आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने एडीबी ले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button