तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका आठ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । कोरोना संक्रमण पुष्टि भई पर्वत कोरोना बिशेष अस्पतालमा भर्ना भएका आठ जना निको भएर घर फर्किएका छन् ।

जिल्लाको फलेवास नगरपालिकाका वर्ष २१ का तीन जना र वर्ष ४० का एक जना, कुश्मा नगरपालिकाका वर्ष २१ वर्षका दुई जना र १९ वर्षका एक जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै अस्पतालबाट निको भई जिल्लाको बिहादी गाउँपालिकाका २३ वर्षिय एक जना कोरोना निको भई घर गएका हुन् ।

पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले दोस्रो पटक गरिएको स्वाव परिक्षणमा कोरोना नरहेको निश्चित भएपछि उनीहरुलाई आज घर पठाईएको जानकारी दिनुभयो ।

कोरोना निको भई घर गएकालाई स्वास्थ्यलाभको कामना गर्दै अस्पतालले बिदाई गरेको छ ।

पर्वतमा अहिलेसम्म संक्रमितको संख्या ३८ पुगेको छ । आठ जना डिस्चार्ज भएपछि अव आईसोलेसनमा हुनेमा संख्या ३० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button