तपाईँ सुन्दै हुनुहुन्छः

रिपोर्ट नआई क्वारेन्टाइनबाट घर गएका १५ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा रिपोर्ट नआई क्वारेन्टाइनबाट घर गएका एक सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर गएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास नगरपालिकाले व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाएको क्वारेन्टाइनमा बसेर हिजो बुधबार क्वारेन्टाइनबाट घर जाने १ जना, १ जना मदर्शा प्रा वि व्यास–४ को क्वारेन्टाइनमा बसेका र अर्का १ जनाको भने थर र उमेर नमिलेको गरि ३ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना, भानु नगरपालिकाका ४ जना, व्यास नगरपालिकाका ३ जना र शुक्लागण्डकी नगरपालिकाका १ जनामा आज नै संक्रमण पुष्टि भएको छ । यो संगै तनहुँमा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।

बुधबार साँझ पीसीआर रिपोर्ट नआउदै घर जाने ५० जना मध्यका १ जना लाई कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो । अन्य एक जना भने नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको र अर्का एक भने पत्ता लगाउन नसकिएको सोतीले जानकारी दिनुभयो ।

क्वारेन्टाइनबाट हिजो साँझ घर जानेलाई पुनः आदिकवि क्याम्पसको क्वारेन्टाइनमा ल्याइएको र उहाँलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको प्रमुख सोतीले जनाकारी दिनुभयो । कोरोना संक्रमित व्यक्ति व्यास–१३ का हुनुहुन्छ । उहाँ गत जेठ १० गते भारतबाट आउनुभएको थियो ।

हिजो बुधबार साँझ आदिकवि भानुभक्त क्याम्पसमा बसेकाहरुले धेरै दिन हुँदा समेत रिपोर्ट नआएकाले घर जान पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए । जबरजस्ती गरेर घर जान लागेसी रोक्न खोजेपनि क्वारेन्टाइनमा बस्न नमानेको हुँदा पीसीआर रिपोर्ट नआएका ५० जनालाई घर जान दिइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।

’झोला बोकेर घर जान्छम अब बस्न सकिदैन क्वारेटाइनमा भन्दै जबरजस्ती जान खोजेका थिए । स्वास्थ्य शाखा प्रमुख सोतीले भन्नुभयो ’होहल्ला गर्दै जसरी जान्छम भनेपछि जान दिएका हौ ।’ उहाँले भन्नुभयो ’उनीहरुको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको थियो ।’

हिजो(बुधबार) साझ नछोड्न भनेको थिए तर क्वारेन्टाइनमा बसेका ५० जना लाई घर जान दिईएछ प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो ।
’मैले त राति भईसक्यो आज नछोडौ भनेको थिए ।’ प्रजिअ अधिकारीले भन्नुभयो ’नगरपालिकामा कुरा गर्दा मेयरले जान दिनुभएछ ।’

’हामि भन्दा पछि आउनेको रिपोर्ट आइसकेको छ तर हाम्रो रिपोर्ट आएन त्यसैले घर जान पाउ भन्दै भनेका हौ’ आदिकविको क्वारेन्टाइनमा बसेका एक जनाको व्यक्तिले फोन भन्नुभयो’२५ दिन देखि क्वारेन्टाइनमा थिएम, स्वाब संकलन भएको पनि ११ दिन सम्म पनि रिपोर्ट आएन ।’

व्यासको क्वारेन्टाइनबाट हिजो (बुधबार) घर गएका ५० जना मध्ये १५ जनाको मात्रै कन्ट्रयाक्ट ट्रेसिंङका आधार पीसीआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको खुलासा भएको छ । आरडिटी भने सबैको गरिएको व्यास नगरपालिकाले जनाएको छ । हिजो घर गएका मध्ये १ जनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २४ गते आदिकविको क्वारेन्टाइनमा रहेका ५० मध्ये १५ र मर्दशा प्राविको क्वारेन्टाइनमा रहेका १९ जनाको कन्ट्रयाक्ट ट्रेसिंङका आधार पीसीआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

तनहुँमा कोरोना संक्रमितको संख्या २६ पुग्यो

तनहुँमा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ । २६ जनामा पोजिटिभ देखिएकामा २ जना निको भएर घर फर्किसकेका छन् ।
नयाँ कोरोना पोजिटिभ देखिनेमा ऋषिङ गाउँपालेका ७ जना, भानु नगरपालिकाका ४ जना, व्यास नगरपालिकाका ३ जना र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छन् ।
संक्रमितमध्ये भानुका ४ जनालाई नगरपालिकाको स्वास्थ्य केन्द्र र बाँकीलाई व्यास नगरपालिकाको आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button