तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ जना कोरोना संक्रमण

नेपालगन्ज । बाँके, बर्दिया, दैलेख र कैलालीमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँके र बर्दियाका ३/३ तथा दैलेख र कैलालीका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १/१ जना, बर्दियाको राजापुर नगरपालिकाका २ र बढैयाताल गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै दैलेखको गुराँस गाउँपालिकाका १ तथा कैलालीको लम्कीचुहा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकी ४३ वर्षीय महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button