तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एकै दिन दुई बर्षिया बालिकासहित २९ मा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो

अछाम । अछाममा आज एकै दिन दुई बर्षिया बालिकासहित १० जना महिला र १९ जना पुरुष गरी २९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा छ जना सङ्क्रमित व्यक्ति थपिएको  जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रमुख ढुङ्गानाका अनुसार मेल्लेख गाउँपालिकाका २७, ३६, ३०, ३१, २१, २१, २५, १५, २०, २५, १२, २४, २७, २३  र  ३२ वर्षका पुरुष र मेल्लेख गाउँपालिकाकै ४५, २५, २६, २४, २४, २८, २३ वर्षकी महिला र दुई वर्षीया बालिकामा समेत कोरोना पाेजिटिभ आएको हो ।

यस्तै जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानका १९, २०, २२  र  २६ वर्षका पुरुष तथा २३ र २६ बर्षीकी महिलालाई कोरोना संक्रमिण पुष्टि भएको हो । उनीहरू सबै भारतबाट आएका र क्वारेनटाइनमा बसिरहेका छन् ।

पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा त्यहाँ चाप भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पटाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको मध्ये २९ जनाको रिपोर्ट आएको र सबैको कोरोना पोजेटिभ देखिएको प्रमुख ढुङ्गानाको भनाइ छ ।

अछाममा करिब एक  हजार तीन सयको पीसीआर परीक्षण गरिएकोमा करिब छ  सयको रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जनाएको छ ।

सङ्क्रमितसँग सम्पर्क रहेका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने तयारी भैरहेकाे छ । योसँगै अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । जस मध्ये सात  जना निको भएर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button