तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरको होल्डिङ सेन्टरमा बसेका महिलालाई स्यानिटरी प्याड वितरण

झापा, भद्रपुर । भारतबाट सीमा नाका मेची पुलमा आएर होल्डिङ सेन्टरमा बसेका नेपाली महिलालाई ‘न्यानो सहयोग’ले स्यानिटरी प्याड वितरण गरेको छ ।

काँकडभिट्टा रोट्«याक्ट क्लब र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त अगुवाइमा ‘न्यानो सहयोग’ले बुधवार महिलाहरूलाई स्यानिटरी प्याड वितरण गरेको हो ।

नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआली, मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले काँकरभिट्टाको मैदानमा भारतमा कोरोनाको अति जोखिम जिल्लाबाट आउने नेपाली नागरिकहरूको आरडीटी परीक्षण गरिरहेको छ ।

आरडीटी परीक्षणका क्रममा होल्डिङ स्क्रिनसङ सेन्टरमा रहेका महिलाहरूलाई ‘न्यानो सहयोग’ का स्वयंसेवकहरूले स्यानिटरी प्याड दिन सुरु गरेको काँकडभिट्टा रोट्रयाक्ट क्लबका अध्यक्ष विमर्श श्रेष्ठले बताउनुभयो ।

स्वयंसेवकहरूले स्यानिटरी प्याडसहित कोरोनाको जोखिमबाट बच्ने उपायका बारेको प्रचार सामग्रीसमेत वितरण गरेका छन् ।

यसै गरी, सेन्टरमा रहेकाहरूको सुविधाका लागि वाई फाई पनि फ्री गरिदिएको क्लबका सुजन प्रधानले जानकारी दिनुभयो ।

आरडीटी परीक्षण नहुञ्जेलसम्म सेन्टरमा बसेका महिलाका लागि स्यानिटरी प्याड र सबैका लागि वाई फाई फ्री हुने ‘न्यानो सहयोग’का संयोजक सन्नी गोयलले बताउनुभयो ।

जिल्लाका अन्य क्वोरन्टिन र होल्डिङ सेन्टरमा रहेका महिलालाई पनि स्यानिटरी प्याड वितरण गर्ने योजना रहेको गोयलको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button