तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीका होटल तत्काल नखुल्ने

बर्दिवास, ४ असार । लकडाउनसंगै बन्द भएका महोत्तरीका होटल तत्काल नखुल्ने भएको छ । नेपाल होटल तथा पर्यटन व्यावसायी महासंघ प्रदेश नं. २ का अध्यक्ष हिरालाल गौतमको प्रमुख आतिथ्य तथा संघका महोत्तरी उपाध्यक्ष दान बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्रका होटल व्यवसाय तत्काल नखोल्ने निर्णय गरेको हो ।

नेपाल सरकारको तर्फबाट अर्को निर्णय नहुँदासम्मको लागि आ–आफ्ना होटल ब्यवसाय नखोल्न जिल्लाभरका होटल ब्यवसायीलाई संघले अनुरोध गरेको छ । भाडामा घर लिई ब्यवसाय गरेका व्यवसायीको हकमा बन्दाबन्दी अवधी भरको घरभाडा छुट गरिदिन सम्बन्धित घरधनीलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको होटल तथा पर्यटन ब्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले जानकारी दिनुभयो ।

नेपाल सरकारले जारी गरेको बन्दाबन्दी सम्बन्धी नियम र यस संघबाट गरिएको अनुरोधलाइ अटेर गरी व्यवसाय सञ्चालन गरेमा नेपाल सरकारको नियमानुसार कार्यबाही गर्न स्थानीय प्रशासनलाई लेखी पठाउने निर्णय समेत गरिएको सचिव घिमिरेले बताउनुभयो ।

महोत्तरीमा कोरोना संक्रमित बढेसंगै कोरोना जोखिम बढेको छ । बुधवार जिल्लामा एकैदिन २०० कोरोना संक्रमित थपिएपछि कोरोना जोखिम बढेको हो । यो समाचार तयार पार्दासम्म महोत्तरीमा कुल संक्रमितको संख्या ५०७ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button