तपाईँ सुन्दै हुनुहुन्छः

विद्यतु प्राधिकरणद्वारा नया महशुर दर निर्धारण

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ ।

यहीं असार १ गतेदेखि लागू हुने गरी नयाँ महशुल दररेट निर्धारण गरेको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी दिनुुभयो ।

निर्धारण गरिएको दर अनुसार घरायसी उपभोक्ताले महिनामा १० किलोवाटसम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ, यही फेजमा १५ एम्पियरमा न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ ।

सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने आयोगले जनाएको छ ।

बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा शुरुमा १ देखि १० युनिटसम्म, त्यसपछि प्रत्येक क्यापअनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्ने छ । चार सय युनिटभन्दा धेरै खपत गर्ने ग्राहकका लागि भने न्यूनतम शुल्क १७५ रुपैयाँ शुरुमा तोकिएको छ ।

नयाँ दर अनुसार १—२० युनिटसम्म प्रति युनिट ३ रुपैयाँ, २१—३० सम्म प्रति युनिट ६.५० रुपैयाँ, ३१—५० युनिटसम्म प्रति युनिट ८ रुपैयाँ, ५१—१५० युनिटसम्म प्रति युनिट ९.५० रुपैयाँ, १५१—२५० युनिटसम्म प्रति युनिट १० रुपैयाँ र २५१—४०० युनिटस्सम्म प्रति युनिट ११ रुपैयाँ रहेको छ ।

यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइनका लागि फरक फरक शुल्क खारेज गरेको छ । लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिंदै आइएको भन्दै उद्योगीहरुले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button