तपाईँ सुन्दै हुनुहुन्छः

नाकामा मृत्यु भएका मृतकका परिवारलाई ५—५ लाख दिने निर्णय 

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले प्रहरीको हिरासत तथा लक डाउनको अवधिमा भारतवाट भोकभोकै आएर धनुषाको जटही नाकामा मृत्यु भएका मृतकका परिवारलाई ५—५ लाख राहत प्रदान गर्ने निर्णय गरेको छ ।

धनुषाको सवैला वडा नंं ७ घर भएर ईलाका प्रहरी कार्यालय सवैलाकै हिरासतमा सवारी ज्यान अन्तर्गत थुनामा रहेका र शौचालयमा पाशो लागेको अवस्थामा शव फेला परेका शम्भू सदा तथा भारतको सुरतबाट पैदल आएका धनुषाको शहिदनगर नगरपालिकाका विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच पाँच लाख दिने मन्त्रीपरिषद्को आज बसेको वैठकले निर्णय गरेको छ ।

दुवै जना निक्कै विपन्न परिवारका व्यक्ति रहेकाले राहत रकम प्रदान गर्ने निर्णय गरेको प्रदेश नंं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिन भयो ।

ईलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका यूवकका आफन्तहरु तथा स्थानीयहरुले घटनाको छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button