तपाईँ सुन्दै हुनुहुन्छः

बढी भाडा लिएर नेपाल आउन खोज्ने एयर अरवियाको उडान रोक्का

फाइल तस्बिर

काठमाडौं । तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर एयर अरविया नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयले उडान रोकिदिएको छ ।

अरेबियाले दुबई काठमाडौंको लागि पाँच सय डलर लिएर दुबई काठमाडौं  उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महँगो भएको भन्दै प्रस्ताव अस्वीकार गर्नुभएको हो ।

मन्त्री भट्टराईले नेपालीहरूको उद्धारको लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयरलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीहरूलाई उद्धार गर्नमा कुनै रोक तोक नभएका बताउनुभयो ।

नेपाल एयरलाइन्सको दुबई काठमाडौंको भाडा दर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुबईबाट काठमाडौँ लिएर आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button