तपाईँ सुन्दै हुनुहुन्छः

विकास खर्च निराशाजनक

बैतडी । बैतडीमा सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालयहरुको विकास खर्च निराशाजनक देखिएको छ । गत बर्ष पनि विकास बजेट खर्च गर्न नसकेका कार्यालयहरुले यो बर्ष कोरोनाका कारण खर्च हुन नसकेको बताएका छन् ।

चालु आर्थिक बर्षको १ अर्ब ९ करोड ९४ लाख ५६ हजार पूँजीगत बजेटको ३६ प्रतिशतको हाराहारीमा खर्च भएको हो । अबको एक महिनाभित्र खर्चको दायरा बढाउन कार्यालयहरुले कामलाई तीव्रता दिएपनि असारे विकासको प्रवृति दोहरिएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button