तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बँदेलको आक्रमणबाट एक जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–१ लंकालाईनमा बँदेलको आक्रमण परी एक जना घाइते भएका छन् ।

आज बिहान ७ः३० बजेको समयमा कालिका नगरपालिका–१ पञ्चकन्या सामुदायिक बन छेउमा साइकलमा घर फर्कँदै गरेका कालिका नगरपालिका–१ बस्ने वर्ष ३२ का रञ्जित श्रेष्ठलाई बँदेलले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेको उपचारको लागि तत्काल भरतपुर अस्पतालमा लगिए पनि सो अस्पतालमा डाक्टरहरू नभएकोले शीघ्र उपचारका लागि पुरानो मेडिकल कलेजमा लगी उपचार भइरहेको घाइतेका छिमेकी राजु राईले जानकारी दिनुभएको छ ।

उहाँले बँदेलले आक्रमण गर्दा श्रेष्ठको दाहिने कोखामा ३ इन्च गहिरो घाउ भएकाले बोल्न सक्ने भए पनि सास फेर्न गाह्रो महसुस भएकाले अक्सिजन दिएर उपचार भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button