तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा पहिरोले एक विद्यालयको भवनसहित स्थानीयको गोठ बगायो

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति ११ः०० बजे तिर गएको पहिरोले एक विद्यालयको भवनसहित स्थानीयको गोठ बगाएको छ ।

विद्यालय माथिदेखि आएको पहिरोले रानी आधारभूत विद्यालयका चार कोठे पक्की भवनसहित विद्यार्थीको खाजा घर, पुस्तकालय लगायतको सामग्री बगाएको विद्यालयका शिक्षक प्रेम खतिवडाले जानकारी दिनुभयो ।

उहाँले पहिरोले स्थानीयको गोठसमेत बगाएको जानकारी दिनुभयो ।

दुई वर्ष अघि पनि सो क्षेत्रमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button