तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

नेपालगन्ज  । बाँकेमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आइसियुमा उपचारका क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो ।

सोमबार मृत्यु हुनु अघि स्वाब लिइएको ती महिलाको हिजो साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार निमोनियाले पीडित ती महिलाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो ।

मृतक महिलाको शव अस्पतालमै राखिएको छ । शवको आज व्यवस्थापन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि गत जेठ ४ मा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button