तपाईँ सुन्दै हुनुहुन्छः

८ जना आरडीटी पोजेटिभ क्वारेन्टाईनबाट भागे

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाबाट आरडिटी पोजेटिभ देखाएका आठजना क्वारेन्टाईनबाट भागेका छन । गाउँपालिकाको वडा नम्बर १ स्थित सिउडी माध्यमिक विद्यालयको क्वारेन्टाईननमा बस्दै आएका ८ जना आरडिटी पोजेटिभ देखाएका व्यक्तिहरु भागेका हुन ।

गाउँपालिकाको वडा नम्बर १ सिउडीका आठजना व्यक्तिहरु सोमबार भागेर घर गएका वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउदले बताउनु भयो । उहाँले भारतबाट आएर सिउडी माध्यमिक विद्यालयमा बसिरहेका आठजना क्वारेन्टाईननबाट भागेको बताउनुभयो ।

उनीहरु मध्ये ६ जनालाई क्वारेन्टाईननमा ल्याईएको छ भने बाँकी दुईजना क्वारेन्टाईननमा आउन नमानेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई क्वारेन्टाईननल्याउने प्रयास भैरहेको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताउनु भयो ।

उनीहरु क्वारेन्टाईननमा खान बस्नको राम्रो व्यवस्था नभएको भन्दै भागेको बताईएको छ । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको र आज परिक्षणका लागि धनगढी पठाईएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button