तपाईँ सुन्दै हुनुहुन्छः

आँखा उपचार केन्द्र स्थापना भए पछि तीन गाउँपालिकाका जनताले उपचार पाए


भोजपुर । भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा आँखा उपचार केन्द्र स्थापना भए पछि त्यस क्षेत्रका तीन गाउँपालिकाका जनताले प्रत्यक्ष उपचार सेवा पाउने भएका छन ।

नेपाल नेत्र ज्योती संघ भोजपुर र हतुवागढी गाउँपालिकाको सहमति अनुसार आँखा उपचार केन्द्र स्थापना गरिएको हो । घोरेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सोमवारबाट केन्द्र संचालनमा आएको छ । आँखा उपचार केन्द्रको नेपाल नेत्रज्योती संघ भोजपुरका अध्यक्ष तेज मोक्तान र हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सोमवार संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

आँखा उपचार केन्द्र स्थापना भए पछि सदरमुकामबाट दक्षिणी क्षेत्रका हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाका जनताले प्रत्यक्ष सेवा पाउने छन ।

संघ र गाउँपालिका बिच गत जेठ २३ गते भएको सहमति अनुसार जिल्लाको दक्षिणी क्षेत्रका आँखा रोगीहरुका लागि उपचार केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

केन्द्रको ब्यबस्थापनका लागि आवश्यक पर्ने सबै उपकरणको व्यवस्था गर्न प्रदेश सरकारबाट २५ लाख गाउँपालिकाको खातामा जम्मा भईसकेकोले अब आँखा उपचार केन्द्रको लागि एउटा समिति बनाई काम अगाडि बढाईने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ ।

तत्काल भौतिक पुर्वाधार उपलब्ध नभएकोले प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरेका हौँ, तर यो प्राथमिक स्वास्थ्य केन्द्रको अंग नभएकाले यसलाई छुट्टै ब्यवस्थापन गरिने अध्यक्ष राईको भनाई रहेको छ ।

कर्मचारी ब्यबस्थापनको लागि नेत्रज्योति संघ र गाउँपालिकाले माग गरेपछि नियमित रुपमा ५ लाख रुपैँया वार्षिकरुपमा सरकारले दिने र अन्य आर्थिक ब्यबस्था गाउँपालिकाले गर्ने तयारी रहेको अध्यक्ष राईको भनाई छ । केन्द्रमा तत्काल नेत्र सहायक आँखा सम्बन्धि अध्ययन गरेको हे.अ. १ जना र आई वर्कर सहयोगी १ गरी २ जना स्टाफ रहने छन । नेत्र सहायकमा नरेन्द्र चौधरी र आई वर्कर सहयोगीकारुपमा थामसिरमान राईले काम गर्न शुरु गरेका छन ।

जिल्लाको दक्षिणमा पनि आँखा उपचार केन्द्र स्थापना भएकाले दुर्गम क्षेत्रका जनतलाई पनि सेवा पाउने भएकाले हतुवागढीमा आँखा सम्बन्धी समस्याको उपचार गर्ने प्रबिधी र ब्यबस्थाका लागि आफ्नो तर्फबाट सहयोग रही रहने नेपाल नेत्र ज्योती संघ भोजपुरका अध्यक्ष मोत्तानले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button