तपाईँ सुन्दै हुनुहुन्छः

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

भोजपुर । भोजपुरमा प्रहरीले बिप्लब नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्षलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर ३ च्याङग्रे बस्ने अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बिकास राईलाई आइतवार पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ ।

अध्यक्ष राईलाई पौवादुङमा गाउँपालिका वडा नम्वर ३ को साङपाङडाँडाबाट सार्वजनिक शान्ति बिरुद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २० दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button