तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा थपिए ५२ कोरोना संक्रमित

रौतहट । रौतहटमा कोरोना भाईरसको संक्रमित हुनेको संख्या दिनदिनै बढेको छ । मङ्गलबार मात्रै ५२ जना थपिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यससंगै रौतहटमा कोरोना भाईरसको संक्रतिको संख्या ९ सय २१ पुगेको छ ।

रौतहटको पाँच वटा पालिकामा मङ्गलबार कोरोना भाईरसको संक्रमित थपिएका हुन । थपिएकामा बौध्दिमाई नगरपालिकामा –३३ जना, यमुनामाई गाउपालिकामा–९ जना, देबाही गोनाही नगरपालिकामा–८ जना परोहा नगरपालिकामा–१ जना र ईशनाथ नगरपालिकामा–१ जना रहेका छन ।

क्वारेन्टिनमा बसेका मध्ये उनीहरु लाई कोरोना भाईरसको संक्रमण देखिएपनि अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा उनीहरु रहेका छन ।

रौतहटको १८ वटै पालिकाको क्वारेन्टिनमा बस्नेको संख्या अझै ५ हजार ५ सय ६७ जना रहेको छ । आईसोलेसनमा बसेर रोग निको भई घर फर्कनेको संख्या १ सय १० रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button