तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वन भित्र वृद्धको शव फेला

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वसन्त सामुदायिक वनभित्र मंगलवार एक वृद्धको शव फेला परेको छ ।

कञ्चनपुरकै कृष्णपुर स्थित छोरीको घरमा बस्ने ७१ वर्षीय बीरभान धानुकको शव सामुदायिक वन भित्र फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दंगा प्रहरीको टोलीले फायरिङका लागि चारै दिशातर्फको फिल्ड सफा गर्ने बेला ती वृद्धको शव फेला परेपछि इलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थल पुगेको हो ।

औषधी लिन्छु भनेर सोमबार घरबाट निस्किएका वृद्ध मंगलबार सामुदायिक वनभित्र मृत अवस्थामा भेटिएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि महाकाली उपप्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button