तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका एक दर्जन सामुदायिक विद्यालय समायोजन

सल्यान । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय तहले विद्यालय समायोजन (मर्ज)को काम सुरु गरेका छन् । कम विद्यार्थी भएका र भौतिक पूर्वाधारको अभाव भएका विद्यालयहरू समायोजन गर्न थालिएको हो ।

सल्यानको दार्मा गाउँपालिकाले शिक्षा ऐन अनुसार शिक्षा शाखाले विद्यालयको अनुगमन गरी विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयहरूलाई समायोजन गरेको छ ।

गाउँपालिकाका ११ विद्यालय समायोजन र ६ वटा विद्यालयको कक्षा घटुवा गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

न्यून विद्यार्थी भएका र नजिकै भएका विद्यालय समायोजन गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा समायोजन गर्दा शिक्षकको सङ्ख्या बढ्न र त्यसले विद्यार्थीको शैक्षिक गुणस्तर बढ्ने विश्वास लिइएको उहाँको भनाई छ ।

विद्यालय समायोजन भएसँगै विद्यालयमा शैक्षिक अवस्था गुणस्तरीय हुनुका साथै विद्यालयको खर्च पनि कटौती हुने शिक्षा अधिकृत शेर प्रसाद ढकालले बताउनुभयो । विद्यालय समायोजन हुँदा शिक्षक सङ्ख्यामा वृद्धि भएर पठनपाठनमा पहुँच बढ्ने र विद्यार्थीहरूलाई समय दिन सकिने बताउनुभयो ।

उहाँले विकट क्षेत्रमा विद्यार्थी सङ्ख्या थोरै भएकाले विद्यालय समायोजन गर्दा विद्यार्थीहरूको पठनपाठनमा वृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, विद्यार्थीहरूको न्यून सङ्ख्या र नजिकै विद्यालयहरू भएमा उनीहरूको भौगोलिक अवस्था हेरेर हामीले विद्यालय समायोजन गर्ने गरेका छौँ ।

विद्यालय समायोजन तथा कक्षा घटुवा गर्दा दुई करोड ४७ पाँच हजार बजेट अनुदानमा आउने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button