तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियामा १० जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँके र बर्दियामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।  भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका एक  र बर्दियाका नौ  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार बाँकेको कोहलपुर नगरपालिकाका एक जना तथा बर्दियाको बढैयाताल गाउँपालिकाका चार , मधुवन नगरपालिकाका तीन, राजापुर र ठाकुर बाबा नगरपालिकाका एक /एक  जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button